मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

राष्ट्रिय महिला आयोग

मिक्वाखोला गाउँपालिका

मधुवन नगरपालिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मनहरी गाउँपालिका

नेपालद्वारा नेदरल्याण्ड्सलाई १४६ रनको बलियो लक्ष्य

Mayorsap

बुध, माघ २३, २०८१ | १३:४७ बजे

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।

 

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको बलियो लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।

 

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको बलियो लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।

 

नेपालका लागि पुजा महतोले अविजित अर्धशतक बनाइन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो ।

 

कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १-१ विकेट लिए ।


चौथो नम्बरमा ब्याटिङमा आएकी पुजाले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाएकी हुन् । पुजाको यो दोस्रो टी-२० आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology