Ad Image

काभ्रेमा टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738745519.png

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

 

अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक बनेपाको पुलबजार नजिकै टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको हो । साँगाबाट बनेपा तर्फ आउँदै गरेको बा ५ ख ३२४६ नम्बरको टिपरले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न भने बाँकी रहेको छ ।

 

मृतकको शवलाई पोष्टमार्टमका लागि शीर मेमोरियल अस्पतालमा राखिएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।