मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

तिलागुफा नगरपालिका

रेणु दाहाल

पर्यटन

राजनीति

जनकपुरधाम उपमहानगरपालिका

पाँच हजार रोपनीमा चाक्लाबन्दी खेती

Mayorsap

बुध, माघ ३०, २०८१ | ०९:३१ बजे

गण्डकी । गण्डकी  प्रेदशका विभिन्न जिल्लामा गरी पाँच हजार चार सय रोपनी जग्गामा चाक्लाबन्दी खेती गरिएको छ ।

 

नौ जिल्लाका २८ स्थापनामा जग्गा चाक्लाबन्दी गरी व्यावसायिक कृषि उत्पादन सुरु गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रममार्फत सात कृषक समूह/कृषि सहकारीलाई कृषियन्त्र र उपकरण खरिदमा सहयोग गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिए ।

 

मन्त्रालयको भूमि स्रोत नक्साङ्कन महाशाखाका अनुसार कास्की, तनहुँ, बागलुङ, गोरखा, मुस्ताङ, लमजुङ, स्याङ्जा, नवलपुरलगायत जिल्लामा जग्गा चाक्लाबन्दी कार्यक्रम सञ्चालन भइरहेको छ । गत आवमा लमजुङ र गोरखामा पाँच सय रोपनी जग्गा चाक्लाबन्दी गरी व्यावसायिक कृषि खेती सुरु गरिएको थियो । मन्त्रालयले नमूना कार्यक्रमका रुपमा उक्त कार्यक्रम सञ्चालन गरिरहेको हो । चालु आवमा पनि उक्त कार्यक्रम निरन्तरताका लागि प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको वरिष्ठ कृषि अर्थविज्ञ अधिकारीले बताए ।

 

“यस वर्ष मापदण्ड संशोधन भएको छ, अब स्थान छनोटको काम अगाडि बढ्छ”, उनले भने, “कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि जग्गा चाक्लाबन्दी कार्यक्रम सञ्चालन गरिएको हो ।” छरिएर रहेको कृषियोग्य भूमिलाई एकीकरण गरी कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरणमार्फत उत्पादन लागत घटाउन जग्गा चाक्लाबन्दी कार्यक्रम प्रभावकारी भएको मन्त्रालयले जनाएको छ । लागत अनुमानका अधारमा चाक्लाबन्दीका लागि ९० प्रतिशतसम्म अनुदान दिने गरिएको छ । दश प्रतिशत लगानी किसान आफैँले गर्नुपर्ने प्रावधान छ ।

 

चाक्लाबन्दीका लागि ५० रोपनीभन्दा बढी जग्गा हुनुपर्ने वरिष्ठ कृषि अर्थविज्ञ अधिकारीले बताए । वर्षौंदेखि बाँझो रहेका जग्गामा समेत चाक्लाबन्दीपछि व्यावसायिक खेती गर्न थालिएको छ । मन्त्रालयले बर्सेनि चाक्लाबन्दी कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ । खण्डीकृत र वर्षौंसम्म बाँझो रहेको जग्गामा चाक्लाबन्दी कार्यक्रम सुरु भएपछि किसान लाभान्वित बनेका हुन् ।

 

बागलुङको निलुवा, ढोरपाटनलगायत क्षेत्रमा वर्षौंदेखि बाँझो पल्टिएका जग्गामा चाक्लाबन्दी खेती सुरु भएको छ । चाक्लाबन्दी गरिएका जग्गामा अन्नबाली, तरकारी, फलफूललगायतका खेती भइरहेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले खेती विस्तार, सिँचाइलगायतमा पनि सहयोग गर्नुपर्ने किसानको माग छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology