मेयरसाप

बुढीगङ्गा गाउँपालिका

हर्क साम्पाङ

मेलौली नगरपालिका

श्रमदान

साँगुरीगढी गाउँपालिका

दुई नयाँ खेलाडीसहित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा

Mayorsap

बिही, फागुन १, २०८१ | १६:१६ बजे

काठमाडौं । काठमाडौंमा आगामी सातादेखि सुरू हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ ।


प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको टोलीमा दुई नयाँ खेलाडी छन् ।


टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् । त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् ।


मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् ।


डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । साफ च्याम्पियनसिपका दौरान घाइते भएका हिराकुमारी भुजेल र दिपा शाहीको स्थानमा उनीहरू आएको प्रशिक्षक राजेन्द्र तामाङले जनाए । वाफमा खेलेकी रेनुका हमाल र चन्द्रा टोलीमा फर्किएका छन् ।


साफ खेलेको टिममा रहेकी डिफेण्डर सजनी थोकर पनि बाहिर छिन् । डिफेन्समा मनमाया सहित बिमला चौधरीलाई राखिएको छ । आर्मीको प्रशिक्षणमा रहेकी अमिषा कार्कीको स्थानमा चन्द्रा आएकी हुन् ।


क्लब फुटबलका लागि बाहिर रहेका खेलाडीमध्ये एन्जिला नेपाल आइसकेकी छन् । रेखा र साम्बा आउन बाँकी छ ।


आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।


प्रतियोगितामा सहभागी हुन कीर्गिस्तान आज आउँदै छ भने बाँकी‌ दुई टोली फागुन २ गते नेपाल आइपुग्ने छन् । टोलीहरूलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology