मेयरसाप

टेम्केमैयुङ गाउँपालिका

खार्पुनाथ गाउँपालिका

‘मेयरसँग युवा’

उपहार

सेवाग्राही सुविधा

आहा रारा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सले चुम्यो

Mayorsap

शनि, फागुन ३, २०८१ | २०:४० बजे

काठमाडौं । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । सर्वाधिक सफल टोली मानिएको नेपाल पुलिस क्लबविरुद्ध ३–१ को जित निकाल्दै उज्वेकिस्तानको ब्लाक बुल्स च्याम्पियन भएको हो । ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो ।


शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा ब्ल्याक बुल्सलाई जित दिलाउन जाखोन्गिर अखमादोभ, असिलबेक ओरिफजोनोभ र शभ्कतजोन सतोरोभले समान एक एक गोल गरेका थिए भने पुलिसका लागि एक गोल त्यो पनि आत्मघाती उपाहार स्वरुप प्राप्त भएको थियो ।  

 

खेलको पहिलो हाफको ४० औं मिनेटमा अखमादोभको गोलमार्फत ब्ल्याक बुल्सले अग्रता लिएको थियो भने दोस्रो हाफको ५८ औं मिनेटमा ओरिफजोनोभले टोलीको अग्रता दोब्बर बनाउन सफल भए ।

 

सतोरोभ ६६औं मिनेटमा गोल गर्दा ब्ल्याक बुल्स ३–० ले अगाडि बढिसकेको थियो तर ७७ औं मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल हुन पुग्दा खेल ३–१ को स्थितिमा आयो । त्यसपछि थप गोल निस्कन नसक्दा ब्ल्याक बुल्स यस वर्षको आहा गोल्डकपको च्याम्पियन बन्न सफल भएको हो । सेमिफाइलनमा ब्ल्याक बुल्सले थ्री स्टार र पुलिसले चर्च ब्वाइज ब्वाइज युनाइटेडलाई पराजित गरेर फाइनलमा पुगेका थिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology