Ad Image

कमलपोखरी ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739546341.jpg

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते थप एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको गएराति उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो । 

 

यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ का २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । अन्य घाइतेको उपचार जारी छ ।