मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

गोरीकला बुढा

रक्सी–चुरोट

जनकपुरधाम उपमहानगरपालिका

बैजनाथ गाउँपालिका

देउमाइ नगरपालिका

निजामती कर्मचारी सङ्गठनको अध्यक्ष पदमा दाहाल

Mayorsap

आइत, फागुन ४, २०८१ | १०:४३ बजे

काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल चयन भएकी छन् । सङ्गठन १२औँ महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको निर्वाचित महाधिवेशनको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा पेशागत महासङ्घ नेपालका इन्चार्ज रामेश्वर फुयालले जानकारी दिए।


उनका अनुसार शनिबार भएको सहमतिअनुसार दाहालको अध्यक्षतामा तीन वर्षका लागि एक सय ६७ नयाँ कार्य समिति चयन गरिएको हो । पेशागत महासङ्घ नेपालका इन्चार्ज फुयालका अनुसार वरिष्ठ उपाध्क्षमा रेवन्त गौतम र प्रभाषप्रसाद साह, उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी र विजयालक्ष्मी सुवेदी तथा महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित भएकी छन् ।


यस्तै सङ्गठनको उपमहासचिव वामदेव ओली, सूर्यबहादुर कुँवर र  कमला दाहाल निर्वाचित भएकी छन् । यस्तै सचिवमा देवी पराजुली, राजबहादुर पछाई, तेजप्रकाश भण्डारी, ओमबहादुर कठायत र गोविन्द अधिकारी, कार्यालय सचिवमा पदमबहादुर शाही, कोषाध्यक्षमा कोषाध्यक्षमा यमकुमारी सापकोटा र सह–कोषाध्यक्षमा दिपक शर्मा पौडेल निर्वाचित भए ।


महाधिवेशनले प्रदेश इन्चार्ज तोकेको छ । कोशीमा धुव्रबहादुर कार्की, मधेशमा नौंतम पोखरेल, बागमतीमा पुरूषोत्तम रायमाझी, गण्डकीमा भरत भुसाल, लुम्बिनीमा कविसिंह कठायत, कर्णालीमा तुलाराम गिरी, सुदूरपश्चिममा प्रकाशबहादुर खड्का र उपत्यका विशेषमा गणेशप्रसाद आचार्यलाई तोक्ने  निर्णय गरेको छ ।  सङ्गठनको महाधिवेशन गत माघ ३० गतेदेखि काठमाडौँमा सुरु भएको थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology