टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवसको यस्तो देखियो रौनक
Mayorsap
बुध, फागुन ७, २०८१ | ११:३५ बजे
काठमाडौँ । आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदैछ ।
प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकार प्राप्तिको अभ्यास गरिरहेका छन् ।
सोही सन्दर्भमा सरकारले सैनिक मञ्च टुँडिखेलमा भव्य रुपमा प्रजातन्त्र दिवस मनाएको छ । प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।