मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

गुल्मीदरबार गाउँपालिका

व्यास नगरपालिका

ढकारी गाउँपालिका

त्रिशूली

सामुदायिक विद्यालय

स्वास्थ्य मन्त्रीले गरे मेडिकल काउन्सिलमा ५ सदस्य नियुक्त

Mayorsap

बुध, फागुन ७, २०८१ | १२:१४ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका छन् ।


गत शुक्रबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच जना सदस्य नियुक्त गरेका हुन् ।


त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रा.डा. पलेस्वाँ जोशी लाखे र प्रा.डा. आनन्द शर्मा नियुक्त भएका छन् ।


यसैगरी डिनमध्येबाट काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन मनोज हुमागाईलाई काउन्सिलको सदस्यमा नियुक्त गरिएको छ ।


निजी क्षेत्रको तर्फबाट डा. सन्तोष राजभण्डारी र उपभोक्ताको तर्फबाट रामेश्वर अधिकारी सदस्य नियुक्त भएका छन् ।


यसअघि स्वास्थ्य मन्त्रालयको सिफारिसका काउन्सिलका पदाधिकारी र सदस्यहरु मन्त्रिपरिषद्ले नियुक्त गर्दै आएको थियो ।


नेपाल सरकारको कार्यसम्पादन नियमावलीको आठौं संशोधनले पूर्णकालीन काम गर्ने पदाधिकारी बाहेकको नियुक्ति सम्बन्धित मन्त्रीले गर्ने व्यवस्था गरेअनुरुप मन्त्री पौडेलले मेडिकल काउन्सिलमा रिक्त पाँच सदस्य नियुक्त गरेका हुन् ।


‘अहिले नियुक्त गरिएका नाम मन्त्रिपरिषदमा गएर अड्किरहेका थिए । पछि नियमावली संशोधन भएपछि स्वास्थ्य मन्त्रालयले नै गर्न पाउने व्यवस्था भयो,’ मन्त्री पौडेलले भने, ‘मन्त्रिपरिषदमा गएका नामलाई नै स्वीकृत गरेका छौं ।’

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology