मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

सिदिङ्वा गाउँपालिका

नाम्खा गाउँपालिका

मालिकार्जुन गाउँपालिका

छेडागाड नगरपालिका

सम्पादकीय

केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य बन्दै

विद्यार्थीहरूको मनमा अझै पनि त्रास पैदा, नेपाली विद्यार्थी होस्टेल गएनन्

Mayorsap

बुध, फागुन ७, २०८१ | १४:१५ बजे

काठमाडौँ । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । अहिले विश्वविद्यालयको अवस्था भने सामान्य बन्दै गएको विद्यार्थीहरूले जनाएका छन् ।


एक नेपाली विद्यार्थीका अनुसार विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । तर, धेरै नेपाली विद्यार्थीहरू विश्वविद्यालय तथा होस्टेल गएका छैनन् । एक हजार १६० जना नेपाली विद्यार्थी अध्ययन गर्दै आएको हाल ३० देखि ३५ जनाको हाराहारीमा मात्रै होस्टेल फर्किएको ती विद्यार्थीको भनाई छ ।


केही विद्यार्थी रक्सौल नाका हुँदै वीरगन्ज पुगेका छन् । कतिपय विद्यार्थीहरू उडिसाकै होटल तथा भारतमा रहेका आफन्तहरूको घरमा समेत बसेका छन् । ‘अहिले त अवस्था सामान्य जस्तै छ । तर ३०/३५ जना मात्रै होस्टेल गएका छन् । बाँकी कोही पनि गएका छैनौँ,’ ती विद्यार्थीले भने ।


विद्यार्थीहरूको मनमा अझै पनि त्रास पैदा भइरहेको ती विद्यार्थीको भनाइ छ । होस्टेलका कर्मचारीहरूले विद्यार्थीहरूलाई फोन गरेर नै फर्किन अनुरोध गर्दै आएका छन् । तर पनि विद्यार्थीहरूमा अहिले नै जाँदा के हुने हो भन्न डरका कारण जान सकिरहेका छैनन् ।

 

विश्वविद्यालयले प्रकृतिको निधनप्रति शोक सभा राखेको छ । मङ्गलवार विश्वविद्यालयमा राखिएको शोकसभामा विश्वविद्यालयका उच्च पदस्थहरूको उपस्थिति रहेको थियो ।


शोक सभापछि विश्वविद्यालयले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेको छ, ‘हाम्रो प्यारो विद्यार्थी प्रकृति लम्सालको असामयिक निधनमा गहिरो शोक । आज,  सबै वरिष्ठ कार्यकर्ताहरू हाम्रो हार्दिक समवेदना व्यक्त गर्न र उनको परिवार, साथीहरू र विद्यार्थी समुदायसँग ऐक्यबद्धता व्यक्त गर्न भेला भए । हामी सबैको लागि न्याय र समर्थन सुनिश्चित गर्न प्रतिबद्ध छौँ । उनको आत्माले शान्ति पाओस् ।’


केटा साथीबाट भएको दुव्यर्वहारपछि प्रकृतिले १६ फ्रेब्रअरीमा होस्टेलभित्र झुन्डिएर आत्महत्या गरेकी थिइन । भित्रबाट ढोका बन्द गरेको अवस्थामा अन्य विद्यार्थीहरूले भेण्डिलेशन फोडेर भित्र गएका थिए । त्यसपछि उनी पङ्खामा पलको पासो लगाएर झुन्डिएको अवस्थामा देखिएकी थिइन् ।


उनको न्यायको माग गर्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेपछि नेपाली विद्यार्थीहरूलाई नेपाल फर्किन निर्देशन दिइएको थियो । त्यसपछि चौतर्फी विरोध सुरु भएपछि विश्वविद्यालयले आफ्ना ५ जना कर्मचारीलाई निलम्बन तथा बर्खास्त गरेको छ ।


त्यस्तै प्रहरीले उनीमाथि दुर्व्यवहार गर्ने आदिक श्रीवास्तवलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


विश्वविद्यालयका कर्मचारीहरूले नेपाली विद्यार्थीहरूलाई एक एक गरेर होस्टेलबाट निकालेका थिए भने बल प्रयोग गरेर बसमा हालेर रेलवे स्टेसन छोडिदिएका थिए । त्यसपछि कतिपय विद्यार्थीहरू नेपाल फर्किएका छन् भने कतिपय विद्यार्थी भारतका विभिन्न स्थानमा आफन्तहरूको घरमा बस्न पुगेका छन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology