मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

कृषि अनुदान

राजस्व

अनिवार्य कर

काचो स्याउ

सखुवा प्रसौनी गाउँपालिका

विद्यार्थी नेपाल फर्किन थालेपछि केआईआईटीले खर्च बेहोर्ने भन्दै अभिभावकलाई पठायो इमेल

Mayorsap

बुध, फागुन ७, २०८१ | १५:३३ बजे

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन् ।


पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ । विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि कलेजले चाहिँ अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च बेहोर्ने भन्दै फिर्ता बोलाउने तयारी गरेको छ ।


दिल्लीस्थित नेपाली दूतावासबाट कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले कलेजका उपकुलपति प्रा.डा. सरञ्जीत सिंहसँग छलफल गरेका थिए ।


त्यसक्रममा सिंहले सबै नेपाली विद्यार्थीका अभिभावकलाई त्यसबारे जानकारी दिँदै इमेल लेख्ने तयारी गरिएको जानकारी दिएको शर्माले बताए ।


प्रकृतिका बुबाले भने, हामीलाई न्याय चाहियो, अरू केही होइन
‘अभिभावकहरूलाई विद्यार्थीको सुरक्षाप्रति चिन्ता छ, त्यसक्रममा विद्यार्थी घरसम्म पुगेका छन्’, उनले भने, ‘यसलाई कसरी सम्बोधन गर्ने तयारी छ भनेर सोध्दा उहाँले यो प्रस्ताव सुनाउनु भएको थियो, कलेज प्रशासनले अहिले हामीलाई सहयोग गरिरहेको छ ।’


सोमबार र मंगलबारको घटनापछि कलेजमा रहेका १ हजार २ सय विद्यार्थीमध्ये ६० जना मात्र ओडिसामा बाँकी रहेका थिए । तीमध्ये थप ११२ जना होस्टलमा फर्किइसकेका छन् । ‘अरूलाई पनि फिर्ता आउने वातावरण बनाउन काम गरिरहेका छौं’, शर्माले भने, ‘त्यसका लागि कलेजले सुरक्षाको ग्यारेन्टी हुने गरी इमेल गरेर परिवारलाई जानकारी गराउने कलेजले जानकारी दिएको छ ।’


युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology