मेयरसाप

मध्यपुर थिमि नगरपालिका

खार्पुनाथ गाउँपालिका

मधुवन नगरपालिका

‘मेयरसँग युवा’

श्रम बैंक

‘दलित डेस्क’ स्थापना गर्न प्रहरी प्रधानकार्यालयलाई पत्राचार

Mayorsap

आइत, फागुन ११, २०८१ | १५:०० बजे

काठमाडौँ । गृहमन्त्रालयले दलितमाथि हुने भेद्भाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ ।


गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रहरी प्रधानकार्यालयमा दलित डेस्क स्थापना गरी काम कारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिए । उनले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको बताए।

    
“दलित समुदायका व्यक्तिहरुको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाइ कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पु¥याउन परिपत्र गरिएको हो ।” प्रवक्ता तिवारीले भने–“ डेस्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र प्रभावकारी रुपमा डेस्क सञ्चालन एवं व्यवस्थापन गर्न भनेका छौँ ।”

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology