मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

बालेन शाह

टुकुचा खोला

भोजपुर नगरपालिका

सखुवा प्रसौनी गाउँपालिका

डुडुवा गाउँपालिका

बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

Mayorsap

सोम, फागुन १२, २०८१ | ०९:१७ बजे

बागमती । सातौं संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुँदैछ । आज दिउँसो २ बजे मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङगशालामा हुने उपाधि भिडन्तमा दुबै टोली उपाधि हात पार्न उच्च मनोबलका साथ मैदानमा उत्रिने छ ।

 

पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ गोल अन्तर पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो भने  दोस्रो सेमिफाइनलमा थ्रि स्टार क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै मच्छिन्द्र क्लब फाइनलमा चर्च ब्वाईजसँगको भेट पक्का गरेको हो ।

 

मच्छिन्द्र क्लब अघिल्लो छैठैँ संस्करणको बागमती गोल्डकप प्रतियोगिताको उपाधि विजेता टिम हो । अघिल्लो संस्करणको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको थियो । मच्छिन्द्रले दोस्रो पटक उपाधि रक्षा गर्ने लक्ष्यका मैदानमा उचिनेछ भने चर्च ब्वाईज साविक विजेता टिमलाई पराजित गर्दै पहिलो पटक उपाधि हात पार्ने रणनीतिका साथ मैदान छिर्नेछ ।

 

प्रतियोगिताका विजेता टिमले पुरस्कारस्वरुप नगद रु १० लाख हात पार्नेछ भने उपविजेतालाई नगद रु पाँच लाख प्रदान गरिने बागमती गाउँपालिका खेलकुद विकास समितिका संयोजक रहरसिंह थिङले जानकारी दिए ।  प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको छ ।       

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology