सबै नेता उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछः शंकर पोखरेल
Mayorsap
सोम, फागुन १२, २०८१ | १०:११ बजे

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय नेपाली समाजमा खासगरी सामाजिक सञ्जालमा घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले यस्तो अपसंस्कृति कायम रहने हो भने जो नेता भएपनि र जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् ।
उनले लेखेका छन्- आजभोली नेपाली समाजमा विशेषगरी सामाजिक संजालमा जुन प्रकारको घृणा, आक्रोस र गालीगलौजको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भएपनि जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्दैन । कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादीता तथा काम गर्न सक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ । सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ । समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरू यस्ताकुरामा गम्भीर हुनु पर्दछ ।