माओवादी अध्यक्ष दाहालद्वारा राष्ट्रिय झण्डा झण्डात्तोलन
Mayorsap
सोम, फागुन १२, २०८१ | १२:५५ बजे

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिएका छन् ।
मुलुककै होचो भूभाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उनले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि अपिल गरे ।
जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित झापा आएका अध्यक्ष दाहालले कचनकवलको स्तम्भमा पुगेर झण्डात्तोलन गरेका हुन् ।
उनले आजै कचनकवलको हुक्काहुक्की चोक बनियानीबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिए । झापाबाट सुरु हुने अभियान कञ्चनपुरमा पुगेर समापन हुने उनको भनाइ छ ।