मेयरसाप

भानु नगरपालिका

गोठालो भत्ता

‘एक घर, एक धारा’

दशरथचन्द नगरपालिका

इस्मा गाउँपालिका

आफ्नो कार्यक्रम गर्न माओवादीले विद्यालय बन्द गर्न दिँदैछ दवाव

Mayorsap

सोम, फागुन १२, २०८१ | १४:०८ बजे

मोरङ । कानपोखरी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतको सहभागितामा फागुन १३ गते कार्यक्रम हुने भएपछि माओवादीले विद्यालयहरुलाई बन्द गराउन पत्र नै काटेको छ ।


शैक्षिक संस्थालाई राजनीतिक कार्यक्रमले असर नगर्ने गरी कार्यक्रम आयोजना गर्नुपर्नेमा जिम्मेवार राजनीतिक दलका नेताहरुले नै विद्यालय बन्द गर्न पत्र नै लेखेर दवाव दिएका हुन् ।


पत्रमा भनिएको छ, ‘....फाल्गुन १३ गते गणतन्त्र नेपालमा प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका श्रद्धेय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) साथै पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्व मन्त्री देव गुरुङलगायतको उपस्थितिमा कानपोखरी–६, रमाइलोमा वृहत जनसभा कार्यक्रम बिहान ९ बजेदेखि १ बजेसम्म हुने तय भएको हुँदा सो दिन सवारीसाधन अत्याधिक भई यातायातमा समस्या आउने साथै उच्च ध्वनी भएका ध्वनीयन्त्रहरु प्रयोग हुने  भएको हुँदा विद्यार्थीहरुलाई ध्वनी प्रदुषणको समस्या हुने हुँदा सो दिन १ दिन विद्यालयको बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ग्́


माओवादीले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान झापाको केचनकबलबाट सुरू गरेको छ । यही अभियानका क्रममा माओवादीले मोरङको कानपोखरीमा पनि कार्यक्रम आयोजना गर्ने भएको हो । राजनीतिक कार्यक्रममा दलका नेताहरुले जिम्मेवार भएर शैक्षिक, स्वास्थ्यलगायत अन्य कामहरु सहज तरिकाले सञ्चालन हुने व्यवस्था मिलाउनुको सट्टा कार्यक्रम गर्नकै लागि विद्यालय बन्द गराउन दवाव दिनु गैरजिम्मेवार देखिएको छ । सबै राजनीतिक दलका नेताहरुले यसरी नै कार्यक्रममा बन्दको आब्हान गर्ने हो भने समस्या बिकराल हुन सक्नेछ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology