मेयरसाप

मेयर्स फोरम

नुर्वु स्याङबो घले

पोखरा महानगरपालिका

न्यायिक समिति

अनुगमन

काठमाडौं महानगरसहितका पालिकाहरुमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता

Mayorsap

सोम, फागुन १२, २०८१ | १९:४७ बजे

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले काठमाडौं महानगरपालिकासहितका पालिकाहरुमा एक हप्ताभित्रै प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत खाली भएको ठाउँमा एक हप्ताभित्रै पठाउने बताएका हुन् । 
 
‘महानगर मेरो पनि हो । संघीय मामिला मन्त्रालयको त्यो एउटा कार्यालय हो । मेयर साब को हुनुहुन्छ, त्यो पछिको कुरा हो । काठमाडौं महानगर मेरो कार्यालय हो । त्यहाँ प्रमुख अधिकारी पठाउने काम मेरो हो,’ उनले भने ।

सहसचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आएको र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख खाली रहेका ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने उनले बताए । अबको ५/६ दिनभित्र काठमाडौं महानगर लगायत प्रमुख प्रशासकविहीन भएका महानगर, उपमहानगरहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउने मन्त्री गुप्ताले बताए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology