मेयरसाप

गुणस्तरहीन दुध

नाम्खा गाउँपालिका

भेरी नगरपालिका

सडक

एम्बुलेन्स

प्रचण्ड आउने भएकाले आज कानेपोखरी गाउँपालिकामा विद्यालय बन्द गर्न माओवादीको पत्र

Mayorsap

मंगल, फागुन १३, २०८१ | ०९:०५ बजे

विराटनगर । माओवादी केन्द्रले शुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको कार्यक्रम हुने दिन विद्यालय बन्द गर्न दबाब दिएको छ । अभियानका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय आज (मंगलबार) हुने भनिएको जागरण सभामा ध्वनि प्रदूषण हुने भन्दै विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको हो ।

माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गा बहादुर कार्कीले कार्यक्रमस्थल वरिपरिका विद्यालयलाई पत्र नै पठाएर विद्यालय बन्द गर्न दबाब दिएका हुन् । उनले विद्यालयलाई लेखेको पत्रमा कानेपोखरी–६ रमाइलोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतको उपस्थितिमा वृहत् जनसभा हुने उल्लेख छ ।

उक्त जनसभाका कारण सवारी साधन अत्यधिक भई यातायातमा समस्या आउने, उच्च ध्वनि भएका ध्वनियन्त्र प्रयोग हुने उल्लेख छ । जसका कारण विद्यार्थीहरूलाई ध्वनि प्रदूषणको समस्या हुने भन्दै ‘एक दिन विद्यालय बिदा गरी कार्यक्रमलाई आवश्यक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दैछौँ’ पत्रमा लेखिएको छ ।  

स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिकामा एकजना पनि जनप्रतिनिधि माओवादीबाट निर्वाचित भएका छैनन् । सोमबार झापाबाट शुरु भएको माओवादीको यो अभियान आज मोरङमा हुँदै छ भने १५ गते सुनसरीमा गर्ने तालिका रहेको छ । माओवादीले देशभर चैत्र ७ गतेसम्म यो अभियान गर्ने तालिका नै प्रकाशित गरेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology