मेयरसाप

सम्पादकीय

महाशिवरात्री

दङ्गीशरण गाउँपालिका

मुसीकोट नगरपालिका

काचो स्याउ

त्रिशूली

ऐरावती गाउँपालिका

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजाआराधना एवं दर्शन

Mayorsap

बुध, फागुन १४, २०८१ | १८:३३ बजे

काठमाडौं । महाशिवरात्रीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गरेका छन् । महाशिवरात्रीका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने प्राचीनकालदेखिको परम्परा रही आएको छ ।

 

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव पशुपतिनाथ मन्दिर आउनुहुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कोषका पदाधिकारी, कर्मचारी, महाशिवरात्रि मूल समारोह समितिका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, भक्तजनलगायतले स्वागत गरेका थिए ।

 

पशुपतिनाथ मूल मन्दिरभित्र दर्शन विधिअनुसार परिक्रमा गरी राष्ट्रपति पौडेलले मन्दिरमा पूजाआराधना र दर्शन गरेका थिए । राष्ट्रपति पौडेललाई पशुपतिनाथका मूल अर्चक गणेश भट्टले फूल, प्रसाद लगाइदिएका थिए । उनका साथमा प्रथम महिला सविता पौडेल पनि थिइन् ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology