मेयरसाप

सम्पादकीय

महाशिवरात्री

अस्थायी संरचना

गोदावरी नगरपालिका

गोरीकला बुढा

कानेपोखरी गाउँपालिका

केराबारी गाउँपालिका

भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश

Mayorsap

बुध, फागुन १४, २०८१ | १९:०६ बजे

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को दोस्रो सेमिफाइनलमा भुटानको डागा युनाइटेड एपसीलाई पराजित गर्दै झापा–११ फाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ ले डागा युनाइटेडमाथि ३–१ को जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको आजको खेलको ५५औँ मिनटमा झापा–११ का एरोन थापाले फ्रि किममार्फत गोल गरे । खेलको ८४औँ मिनटमा डागा युनाइटेडका सुरज रसायलीले बराबरी गोल फर्काए । निर्धारित ९० मिनटको खेल हुँदासम्म दुवै टोली १–१ को स्थितिमा थिए ।

 

पाँच मिनट थपिएको इञ्जुरी समयमा भुटान समालिन नसक्दा झापा–११ ले दुई गोल थप्यो । झापा–११ का लागि रोहन कार्की र हरिबहादुर आलेमगरले इञ्जुरी समयमा गोल गरे । आजको खेलको प्लेयर अफ द म्याच झापा–११ का एरोन थापा भए । उनले रू २१ हजार नगद र ट्रफी प्राप्त गरे ।

 

यही फागुन १६ गते शुक्रबार झापा–११ ले आयोजक भद्रपुर ब्लेजर्ससँग उपाधिका लागि खेल्नेछ । आयोजक ब्लेजर्सले बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो । प्रतियोगिताको विजेता टोलीले नगद रू १३ लाख तथा उपविजेता टोलीले नगद रू सात लाख प्राप्त गर्नेछन् ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology