Ad Image

बधिया भाले पाल्ने कृषकलाई राप्ती गाउँपालिकाले अनुदान दिने

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740656080.jpg

काठमाडौँ । दाङको राप्ती गाउँपालिकाले बधिया भाले पाल्ने कृषकलाई प्रति भाले बरावर एक सय रुपैयाँ अनुदान उपलव्ध गराउने भएको छ ।

 

गाउँपालिकाले वधिया भाले प्रवद्र्धन कार्यक्रममार्फत कम्तीमा ५ वटा भाले पाल्ने कृषकका लागि यो अनुदान कार्यान्वयनमा आउने बताएको छ ।

 

गाउँपालिकाले पशु सेवा कार्यक्रम संचालन कार्यविधि अनुसार भाले पाल्न चाहने कृषकसँग फार्म नभए वडा कार्यालयको सिफारिस भए पुग्ने बताएको छ । गाउँपालिकाका अनुसार चैत महिनाभित्रमा यो स्कीमका लागि कृषकहरुले निवेदन दिइसक्नुपर्नेछ ।