मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

प्रविधि

तिला गाउँपालिका

घरपझोङ गाउँपालिका

स्थानीय तहको क्षमता आवश्यकता पहिचान प्रतिवेदन

त्रिवेणी गाउँपालिका

सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते

Mayorsap

शुक्र, फागुन १६, २०८१ | ०९:०० बजे

काठमाडौं ।  सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भएको भूकम्पबाट जिल्लामा सामान्य क्षति पुगेको छ । भूकम्पले केही घरमा सामान्य क्षति भएको छ भने एक जना बन्दी घाइते भएको  सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।  

 

भूकम्पले हल्लाएपछि अत्तालिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका–५ का अन्दाजी ३३ वर्षीय स्याङबो तामाङ घाइते भएका हुन् । तामाङको अहिले चौतारा अस्पतालमा उपचार भइरहेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको सहायक प्रजिअ नेपालीले बताए ।  

 

त्यसैगरी भूकम्पले इलाका प्रहरी कार्यालय कोदारीको ब्यारेक भवनमा क्षति गरेको छ । सहायक प्रजिअ नेपालीका अनुसार ब्यारेक भवन चर्किएको हो । अन्य क्षतिको विवरण आउनेक्रममा रहेको उनको भनाइ छ ।  

 

यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३  स्थित दुगुनागढीमा पहिरो खसेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहानका राति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६।१ म्याग्निच्यूडको भूकम्प गएको हो। 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology