Ad Image

खराब मौसमका कारण परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं अवतरण भएन, कोलकाता डाइभर्ट

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740725337.jpg

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।


राणाका सल्लाहकार एकराज पाठकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको हो ।


काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनले बताए ।


जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् ।


पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो ।