मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

निशुल्क भर्ना

पैयुँ गाउँपालिका

राजनीतिक दल

महाशिवरात्री

केराबारी गाउँपालिका

कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुँदै

Mayorsap

सोम, फागुन १९, २०८१ | १८:१९ बजे

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन यही फागुन २६ गते धनगढीमा हुने भएको छ । कांग्रेस प्रदेश कार्यसमितिद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति वीरबहादुर बलायरले जनता केन्द्रित कार्यक्रम र सङ्गठन सुदृढीकरण योजना तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए । सम्मेलनमा प्रदेशभरका पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने उनले जानकारी दिए । 

 

सभापति बलायरले सम्मेलनले बदलिँदो राजनीतिक अवस्था, अर्थतन्त्रमा आएको शिथिलता र त्यसबाट भोग्नुपरेका समस्याबारे वृहत् छलफल गरी तीनै तहका सरकारलाई आवश्यक सुझावसमेत दिइने बताए ।

 

यस्तै, सम्मेलनको अर्को दिनदेखि फागुन २७ र २८ गते धनगढीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पनि त्यस अवसरमा जानकारी दिइयो । प्रशिक्षण कार्यक्रममा करिब एक सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहने सभापति बलायरले जानकारी दिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology