Ad Image

इप्रका मिर्चैयाको हिरासतबाट थुनुवा फरार

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741880600.jpeg

सिरहा । सिरहामा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका एक थुनुवा आज साँझ भागेका छन् । इलाका प्रहरी कार्यालय, मिर्चैयाको हिरासतमा रहेका अभद्र व्यवहार मुद्दाका थुनुवा असलम मन्सुरी फरार भएका हुन् । 

 

सिरहाको अर्नमा गाउँपालिका घर भएका मन्सुरीलाई आजै प्रहरीले पक्राउ गरेको थियो । फरार भएका थुनुवा मन्सुरीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानमा प्रहरी परिचालन गरेर खोजी भइरहेको छ ।