मेयरसाप

भरतपुर महानगरपालिका

अर्थ

अनुगमन

प्रविधि

खेलकुद मेला

शिक्षा

स्काइ–वाक टावर

सेवाग्राही सुविधा

धरान उपमहानगरपालिका

चुमनुब्री गाउँपालिका

‘छोरी सम्मान कार्यक्रम’

प्रधानमन्त्री कप क्रिकेट : त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी

Mayorsap

सोम, चैत ४, २०८१ | २२:३३ बजे

रूपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी भएको छ । योसँगै प्रतियोगितामा अविजित रहँदै आर्मीले पाँच वटै खेल जितेको हो सशस्त्र प्रहरी क्लबले दिएको १४२ रन पछ्याएको आर्मीले ४२ दशमलव पाँच ओभरमा सात विकेट गुमाउँदै उक्त लक्ष्य प्राप्त गरेको थियो । आर्मीका लागि कुशल मल्ल र सोमपाल कामी क्रिजमा टिकेर खेलेपछि उसको जीत सुनिश्चित भएको हो । 
 

आक्रामक मानिने  कुशलले आज निकै सम्हालिएर खेलेका थिए । उनले ५९ बलको सामना गर्दै चार चौका र एक छक्काको सहयोगमा अविजित ३१ रन बनाए । सोमपालले पनि ५१ बलको सामना गर्दै १ चौकाको सहयोगमा अविजित २२ रन बनाए । यसअघि ब्याटिङ गर्दै विवेक यादवले २६, वसिर अहमदले १३ र ईमरान शेषले ११ रन बनाए ।

 

बलिङ्गमा शसस्त्र प्रहरीका कमल ऐरी, अमर रौटेला र रोहित पौडेलले समान दुई/दुई विकेट लिए । यसअघि रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको शसस्त्रले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर १४१ रन बनाएको थियो ।

 

सशस्त्रका लागि सन्दिप जोराले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दिपले ९१ बलमा नौ चौका प्रहार गर्दै ६५ रन बनाए । यस्तै, अमर रौटेला, भुवन कार्की र किशोर महतोले समान ११/११ रन बनाउँदा अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कसमेत जोड्न सकेनन् ।

 

बलिङमा त्रिभुवन आर्मी क्लबका आकाश चन्दले १० ओभरमा ३५ रन मात्र खर्च गरी चार विकेट र सोमपालले १० ओभरमा ३४ रन दिँदै तीन विकेट लिए । यसैगरी साहब आलमले दुई विकेट र बसीर अहमदले एक विकेट लिए । 

 

प्रतियोगितामा पाँच खेल खेलेको सशस्त्रले तीन जित र दुई हार बेहोरेको छ भने पाँच खेल खेलेको आर्मी पाँच वटै खेलमा जितका साथ १० अङ्कसहित अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology