सरकारले पठायो २५ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)
Mayorsap
बिही, फागुन २२, २०८१ | ०९:३४ बजे

काठमाडौं । सरकारले एकैपटक ९२ उपसचिवहरूको पदस्थापना तथा सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार भर्खरैमात्र उपसचिवमा बढुवा भएका ३९ जनालाई विभिन्न मन्त्रालय र कार्यालयमा पदस्थापन गरेको छ । आन्तरिक मूल्यांकनबाट बढुवा भएका ३९ जना उपसचिवहरुको सरुवा गर्दा २५ नगरपालिकाले प्रशासकीय अधिकृत पाएका छन् भने थुप्रै जिल्ला समन्वय समितिले समेत अधिकृत पाएका छन् । त्यस्तै ५३ जनालाई सरुवा तथा कामकाजमा खटाइएको छ ।