मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

भरतपुर महानगरपालिका

‘छोरी सम्मान कार्यक्रम’

चुमनुब्री गाउँपालिका

काचो स्याउ

चन्द्रकोट गाउँपालिका

झापामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा

Mayorsap

बिही, फागुन २२, २०८१ | १२:३४ बजे

झापा । झापा मा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समितिका अनुसार राष्ट्रिय खेलकुद परिषदको आयोजना र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन २३, २४ र २५ गते मेची रंगशालामा प्रतियोगिता हुँदै छ ।


जिल्लाका स्थानीय तहका विद्यालयहरूबाट प्रतिस्पर्धा गरी छनोट भएका माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका खेलाडीहरूले ६ वटा विधामा प्रतिस्पर्धा खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भण्डारीले बताए ।


यस वर्ष एथलेटिक्स (छात्र/छात्रा), भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), कराते (छात्र/छात्रा), तेक्वान्दो (छात्र/छात्रा) र उसु (छात्र/छात्रा) खेल हुने उनले जानकारी दिए । प्रत्येक टिममा ६ विधाका करिब १२५ जना खेलाडी तथा अफिसियल गरी करिब दुई हजारजनाको जमघट मेची रंगशालामा रहने अध्यक्ष भण्डारीले बताए ।


प्रतियोगिताका लागि खेलको विधाअनुसार मेची रंगशालालाई व्यवस्थित बनाइएको उनको भनाइ छ । यसअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुनधारामा गराइएको थियो । प्रतियोगिताबाट विजेता खेलाडीहरू छनोट भई झापा जिल्लाको टिम बन्नेछ । करिब १२५ जनाको झापा टिम कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी बन्ने उनले बताए ।


प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च लाग्ने अनुमान गरिएको छ । यद्यपि, सम्बन्धित निकायहरूबाट हालसम्म कुनै पनि बजेट प्राप्त नभइसकेको कार्यालयले जनाएको छ । बजेट नआए पनि उद्योगी–व्यवसायी, खेलकुदप्रेमी, दाताहरूसँग सहयोग जुटाएर प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष भण्डारीले बताए । राष्ट्रपति रनिङ शिल्डमा सामेल नभए पनि जिल्लामा उल्लेख्य खेलाडी रहेको आईटीएफ तेक्वान्दोको पनि प्रतियोगितात्मक प्रतिस्पर्धा हुने बताइएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology