मेयरसाप

केपी ओली

राजनीति

भरतपुर महानगरपालिका

राजनीतिक दल

सम्पादकीय

शिक्षा

कला

उपहार

घोराही उपमहानगरपालिका

साइकल जात्रा

सुत्केरी महिला

स्थानीय सेवा ऐन तत्काल जारी गर्ने तयारी भइरहेको छ : मुख्यमन्त्री शाह

Mayorsap

आइत, चैत १०, २०८१ | २१:३५ बजे

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सरकारले तयारी गरिरहेको बताएका छन् ।  आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र बुझाउन आएको गाउँपालिका राष्ट्रिय महासङ्घका टोलीसँगको छलफलमा उनले छिट्टै स्थानीय सेवा ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरे ।  मुख्यमन्त्री शाहले भने, “स्थानीय सेवा ऐन प्रदेश सरकारले तत्काल जारी गर्नेछ, बाँकी मागका विषयमा आवश्यक छलफल गरेर सम्बोधनको पहल गरिने छ ।” 
 

महासङ्घले मुख्यमन्त्रीलाई चारबुँदे मागपत्र पेस गरेको छ । स्थानीय सेवा ऐन तत्काल जारी गर्नुपर्ने, समपूरक र विशेष अनुदानमा प्राथमिकता दिनुपर्ने, स्थानीय सरकारको क्षमता अभिवृद्धिको गतिविधि सञ्चालन गर्न आवश्यक वातावरण बनाइनुपर्ने, महासङ्घको प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनका लागि स्रोत उपलब्ध गराउनुपर्नेलगायत माग राखिएका छन् । महासङ्घका तर्फबाट सहसचिव डम्मरबहादुर बिसी, कोषाध्यक्ष जमनसिंह धामीलगायत पदाधिकारी सहभागी थिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology