मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

निर्माण

स्वास्थ्य क्लिनिक

संस्कृति

राजपुर गाउँपालिका

गोरखा नगरपालिका

आलु

मिक्वाखोला गाउँपालिका

चौरजहारी नगरपालिका

घुर्मी खोलाको झाडीमा बाेराभित्र भेटिएकाे शव तेह्रदिन अघि हराएकी बालिका गुलशना खातुनकाे भएको आशंका

बोराभित्र प्याक शवकाे पाेष्टमार्टमकाे तयारी

मुकेशकुमार यादब

मंगल, चैत १२, २०८१ | १२:३८ बजे

सिरहा । सिरहामा गत फागुन २९ देखि हराएकी बालिकाको शव बोरामा प्याक गरेको अवस्थामा फेला परको स्थानीयहरूले आशंका गरेका छन्।

 

घुर्मी खोलाको किनारमा झाडीभित्र फेला परेको कंकाल बनिसकेको शव गोलबजार नगरपालिका ९ गोविन्दपुरकी १३ वर्षीय गुलशना खातुनको भएकाे स्थानीयबासीकाे आशंका छ।

 

गुलशना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी थिइन् । आज मंगलवार फेला परेको शव उनकै रहेको स्थानीयहरुले आशंका गरेका हुन्।

शव गुलशना कै हो वा हाेइन भनेर अहिले जाँच हुने प्रकृयामा रहेकाे ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले जानकारी दिए । उनले भने, ‘हामी घटना स्थलमा छौं। घुर्मी खोलाकिनारमा बोराभित्र कङ्काल फेला परेको छ। सो कङ्काल गुलशाना कै हो कि हाेइन भनेर यकिन गर्न  पोस्टमार्टम गराउन पठाउने  तयारी गरिरहेका छाैं।’

 

स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी कता र कहाँ गइन् केही पत्तो लागेको थिएन।

छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर हुलिया निवेदन दिएकी दिइन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology