Ad Image

राप्रपा होमियो आन्दोलनमा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742910459.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा होमिने भएको छ ।  मंगलबार काठमाडौंमा बसेको आन्दोलन मूल समितिको बैठकले आगामी चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

 

त्यस्तै, वि.सं २०८२ साल वैशाख ७ गतेबाट निरन्तर रुपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि राप्रपाले गरेको छ । ‘२६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ लिङ्देनले भने ।

 

तयस्तै, राजसंस्था हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा सबैले गर्ने आन्दोलनमा राप्रपाले समर्थन गर्ने पनि उनले बताए । ‘आजबाट राप्रपा पूर्ण रुपमा आन्दोलनमा होमियो,’ लिङ्देनले भने ।