Ad Image

हितेन्द्रदेव शाक्यले सम्हाले विद्युत प्राधिकरणको कमाण्ड

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742912848.jpg

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कुलमान घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएर हितेन्द्रदेवलाई जिम्मा दिएको थियो । शाक्यले यसअघि पनि एक पटक प्राधिकरणको नेतृत्व गरिसकेका छन् । उनलाई हटाएर तत्कालीन सरकारले घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याएको थियो ।