अछाममा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते


अछाम । मोटरसाइकल दुर्घटनामा परी आज अछाममा एकको मृत्यु भएको छ भने एक जना घाएते भएका छन् । मङ्गलसेन नगरपालिका –५ स्थित मध्यपहाडी लोकमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही नगरपालिका–१ कुन्ती निवासी २० वर्षीय जीवन थापाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १७ वर्षीय चेतन थापा घाइते भएका छन् ।
ठूलासेनबाट मङ्गलसेन तर्फ जाँदै गरेको से ७ प १४६९ नंको मोटरसाइकल मृतक जीवन थापाले चलाएका थिए । गम्भीर घाइते थापालाई उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए । घाइते चेतन थापालाई थप उपचारका लागि न्याय हेल्थ अस्पताल बयालपाटा रेफर गरिएको छ ।