एसईईका विद्यार्थीलाई गन्तव्यमा पुर्याउन महानगरले सहयोग गर्ने, समस्या भए फोन गर्नुहोस्


काठमाडौं । काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भएकोले एसईईका विद्यार्थीलाई गन्तव्यमा पुर्याउन काठमाडौं महानगरपालिकाले सहयोग गर्ने भएको छ । परीक्षा दिएर फर्किने क्रममा सवारी साधन नपाए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्याउन नगर प्रहरी बललाई जिम्मा दिइएको छ ।
महानगरपालिकाका मुख्य चार क्षेत्रबाट विद्यार्थीलाई गनतव्यमा पुर्याउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । बानेश्वरमा नगर प्रहरी उपरीक्षक दिनेकुमार अर्याल, रत्नपार्कमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, नयाँ बसपार्कमा नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट र टेकु क्षेत्रमा नगर प्रहरी निरीक्षक प्रकाश पण्डित नेतृत्वको टोली खटाइएको छ ।
सम्पर्क व्यक्ति र स्थान
न.प्र.उ दिनेशकुमार अर्याल ९८५१०६८०९६ (वानेश्वर)
न.प्र.उ मनोज प्रसाद लामिछाने ९८५१०९३१७६ (रत्नपार्क)
न.प्र.ना.उ पूर्णचन्द्र भट्ट ९८५१२३३६३३ (नयाँ बसपार्क)
न.प्र.नि प्रकाश पण्डित ९८५१०५६३४६ (टेकु)
हटलाइन : ०१५९०१७६४