Ad Image

तीनकुनेमा राजावादी र प्रहरीबीच घम्साघम्सी, पहिलो घेरा तोडे प्रहरीले बल प्रयोग गर्ने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743148313.jpg

काठमाडौं । तीनकुनेमा राजावादी समर्थकहरु नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोेजेपछि प्रहरीसँग धकेलाधकेल भएको  छ । कोटेश्वरबाट आएको र्‍याली तीनकुने पुल क्रस गर्न खोजेपछि प्रहरीले रोकेको हो ।  अहिले तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भइरहेको छ । राजावादीहरु दुर्गा प्रसाईं आएपछि प्रहरीको घेरा तोड्ने तयारीमा रहेको बुझिएको छ ।  

 

राजसंस्था पक्षधरहरुको जुलुसले तीनकुनेमा प्रहरीको पहिलो घेरा तोड्ने प्रयास गरिरहँदा मुठभेडको सम्भावना बढेको छ । उक्त घेरा तोडेमा बल प्रयोगको तयारी प्रहरीको छ । उक्त क्षेत्रमा काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराको कमान्डमा प्रहरी खटिएको छ । आन्दोलनकारीले पहिलो घेरा तोडेमा दोस्रो घेराले बल प्रयोग गर्ने तयारी छ ।

 

डीएसपी निर्मल पनेरू नेतृत्वको दोस्रो घेरा अहिले शान्तिनगर गेटदेखि मीनभवनस्थित सिभिल अस्पताल क्षेत्रलाई नियन्त्रणमा लिएर तैनाथ छ । उक्त टोलीले लाठीचार्जदेखि अँश्रुग्यास प्रहार गर्नेसम्मको आदेश पाएको प्रहरी स्रोतले जनाएको छ ।