Ad Image

तीनकुनेमा सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यास ‘डेट एक्सायर्स’

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743164579.png

काठमाडौं । सुरक्षाकर्मीले तीनकुनेमा राजावादीहरुको प्रदर्शनमा म्याद सकिएको अश्रु ग्यास प्रहार गरेको भेटिएको छ ।

 

प्रहरीले आज भएको राजावादीहरुको प्रदर्शन उग्र भएपछि जमिनको साथै हवाई क्षेत्रबाट म्याद सकिएको अश्रु ग्यास प्रहार गरेको भेटिएको हो । सडकमा भेटिएका अश्रु ग्यासका सेलहरू सन् २००८ फेब्रुअरीमै अवधि सकिएका भेटिएका छन् ।

 

सुरक्षाकर्मीले तीनकुने क्षेत्रको अवस्था नियन्त्रणमा लिन नसकेपछि प्रशासनले काठमाडौंमा निषेधित क्षेत्र तोकेको थियो ।