प्रदर्शन भएको क्षेत्रको निरीक्षण गर्दै गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार हिंसात्मक प्रदर्शन भएको क्षेत्रको निरीक्षण गर्ने भएका छन् । मन्त्री लेखक बिहान ९ बजे तीनकुने–कोटेश्वर क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौँ घरहरू तोडफोड गरेका छन् भने सरकारी र निजी गाडीहरूमा तोडफोडका साथै आगजनी गरेका छन् ।