Ad Image

राजावादीकाे आन्दाेलनले पुर्याएको क्षतिकाे मूल्यांकन गर्दै कामनपा, त्यसपछि जरिवाना ताेकिने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743219923.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुनेमा राजावादी समूहले गरेको क्षतिबारे अनुगमन थालेकाे छ ।

 

क्षतिको मूल्यांकन गरेर राजावादी समूहलाई जरिवाना तिराउने तयारी कामनपाकाे छ ।


महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले राजावादीहरुले गरेको क्षतिको मूल्यांकन हुन बाँकी रहेको र मूल्यांकन पछि जरिवाना ताेकिने जानकारी दिए । हिजो साँझपख कर्फ्यु जारी भएकासँगै कामनपाले अनुगमन गर्न नपाएका कारण आज अनुगमन हुने भएकाे हाे।

 

त्यस्तै हिजो गणतन्त्रवादीहरुले गरेको प्रदर्शनमा भने जरिवाना नकाटिएको उनले बताए । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा गरेको कार्यक्रमपछि आफैले सफा गरेपछि जरिवाना नगरिएको पाण्डेले बताए ।