Ad Image

पत्रकार रजकको हत्या र मिडियामाथिको आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743222004.jpg

काठमाडौं । पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा आज बिहान नेपाल पत्रकार महासंघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ । उनीहरुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।
 

शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको शुक्रबार भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो । राजावादीका कार्यकर्ताहरुले तिनकुनेको एक घरमा आगजनी गरेको थिए । सोही घरबाट भिडिओ खिचिरहेका रजकलाई गेटमा ताल्चा लगाइदिएर भित्रै थुनेका थिए । सोही क्रममा जलेर उनको मृत्यु भएको हो ।