मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

संस्कृति

शुक्लाफाँटा नगरपालिका

खरिद

‘घर घरमा डाक्टर’

रेणु दाहाल

हङकङ चाइनासँग २ रनले हार्‍यो नेपाल

Mayorsap

सोम, फागुन २६, २०८१ | २१:२७ बजे

काठमाडौं । नेपाल हङकङ चाइनासँग २ रनले पराजित भएको छ । युगान्डा क्रिकेट एसोसिएसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रन मात्र बनाएपछि नेपाल २ रनले हारेको हो । 

 

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाएकी थिइन् भने पूजा महतोले १९, विन्दु रावलले १४ र साना प्रविनले १० रन बनाएकी थिइन् । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको थियो । हङकङका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाएकी थिइन् भने मारिको हिलले २१ रन बनाएकी थिइन् ।  

 

त्यस्तै नेपाली बलर इन्दु बर्मा र इश्वरी विष्टले २/२ विकेट लिए भने पुञ्ज महतो र रचना चौधरीले एक/एक विकट लिएका थिए ।  यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार व्यहोरेको छ । त्यस्तै हङकङले भने ३ खेलमा २ जित र एक हार व्यहोरेको छ ।

 

नेपालले अर्को खेल मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने टीमबीच खेल हुने छ ।   

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology