आफ्नो भत्ताको पैसाबाट वडाध्यक्षले वितरण गरे विद्यार्थीलाई पोसाक
Mayorsap
सोम, फागुन २६, २०८१ | २२:२५ बजे

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई पोसाक वितरण गरेका छन् । आफूले प्राप्त गरेको भत्ता बापतको रकमबाट सोही वडाको अन्तराष्ट्रिय युवा वर्ष आधारभूत विद्यालय वितलवका १४ जना विद्यार्थीलाई आज विद्यालय पोसाक र स्टेशनरी सामग्री वितरण गरेका हुन् ।
सामुदायिक विद्यालयमा विपन्न छोराछोरी अध्ययन गर्ने भएकाले, उनीहरुलाई पठनमाठनमा सहयोग पु¥याउने उद्देश्यले पोसाक र स्टेशनरी सामग्री वितरण गर्दै आएको अध्यक्ष ताम्राकारले बताए । गतवर्ष सदरमुकामस्थित बालमन्दिरका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका थिए । यसवर्ष सदरमुकाम नजिकै रहेको युवा वर्ष आविका विद्यार्थीलाई सरकारी मापदण्ड अनुसारको सर्टपाइन्ट, स्वीटर, जुत्ता र टोपीका साथै पेन्सिल, र कापी वितरण गरेका हुन् ।