Ad Image

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : डा. सिके राउत

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741668349.jpg

महोत्तरी । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताएका छन । सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टीहरु देखिएता पनि ठूला दलहरु भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने उनको जिकिर छ । हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ । अध्यक्ष डा। राउतले भने, जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौं तर समाजवादी गणतन्त्र भने हैन । 

 

महोत्तरीको बर्दिबासमा तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठकको समापनको क्रममा पत्रकारहरुसगँ कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरुले टाउको उठाएको पनि दावी गरे । सुशासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको बताउँदै उनले गणतन्त्र रक्षाको लागि ठूला दलहरू नै सुध्रनुपर्ने बताए । 

 

अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको प्रदर्शनलाई लिएर भने फरक मत राखेका छन । प्रदर्शन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिँदै उनले नेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवश्यक भएको दोहोर्‍याए ।