चैत १५ गते विरोध सभा गर्ने समाजवादी मोर्चाको निर्णय
Mayorsap
मंगल, फागुन २७, २०८१ | १८:०८ बजे

काठमाडौँ । समाजवादी मोर्चाले आगामी चैत १५ गते विरोध सभा गर्ने निर्णय गरेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले चैत १५ गते संयुक्त विरोधसभा गर्ने निर्णय गरेको हो ।
चैत २ गते बुद्धिजीवीसँग अन्तर्क्रिया गर्ने निर्णय भएको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी(नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार चैत १ गते दिउँसो पत्रकार सम्मेलन र सोही दिन मोर्चाको बैठक बस्ने निर्णय भएको छ ।