सातै प्रदेशका सभामुख प्रधानमन्त्री भेट्न बालुवाटार पुगे
Mayorsap
बुध, फागुन २८, २०८१ | १२:२० बजे

काठमाडौँ । सातवटै प्रदेशसभाका सभामुखहरू प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । सरकार र संसद्को कामकारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।
‘प्रतिनिधिसभाका सभामुखसहित सात वटै प्रदेश सभाका सभामुखहरू बालुवाटार आएर छलफल गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयले भन्यो– ‘संसद र सरकारका कामकारबाहीबारे छलफल भएको छ ।’