Ad Image

स्थानीयले अवरुद्ध गरेको पूर्व पश्चिम-राजमार्ग ३ घण्टापछि सञ्चालनमा

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741858736.jpg

बुटवल । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि  स्थानीयले बुधवार अवरुद्ध पारेको पूर्व पश्चिमी राजमार्ग सञ्चालनमा आएको छ ।


पूर्व-पश्चिम राजमार्ग  भुरीगाउँ-चिसापानी सडक खण्डको बलाटी भन्ने ठाउँमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेको  सडक करिब  ३ घण्टापछि सञ्चालनमा आएको छ ।


गएराति ठाकुर बाबा नगरपालिका-२, बलाटीका ७१ वर्षीय बोलिराम थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।


मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि दिगो समाधान खोज्न  माग गर्दे स्थानीयहरूले सडक  अवरुद्ध पारेका थिए । जिल्ला प्रहरी कार्यालय  बर्दियाका सूचना अधिकारी प्रहरी निरीक्षक  कृष्ण डाँगीले स्थानीयहरूसँग मौखिक रूपमा  पीडितलाई क्षतिपूर्ति सहमति भएपछि अहिले सडक सञ्चालनमा आएको बताए ।


उनले करिब  ३ घण्टा परि सडक  सञ्चालनमा आएपछि रोकिएका सवारी साधनहरु आ-आफ्नो गन्तव्यमा लागेको बताए ।


गएराति आफ्नो घर नजिकैको खेतमा हात्तीले गहुँ खाएको थाहा पाएपछि धपाउन निस्केका थारुको हात्तीले आक्रमण गरेर मृत्यु भएको थियो । स्थानीयहरू  निकुञ्ज तथा  स्थानीय तहले क्षतिपूर्ति दिनुपर्ने माग  राखेका थिए ।