मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

खजुरा गाउँपालिका

आन्दोलन

खानेपानी

ऐरावती गाउँपालिका

हिमाली गाउँपालिका

युक्रेन युद्धविरामको सम्भावनाप्रति ट्रम्प आशावादी

Mayorsap

बिही, फागुन २९, २०८१ | १६:१८ बजे

वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूले युक्रेन युद्धमा युद्धविराम सुरक्षित गर्न सक्ने आशा व्यक्त गरेका छन् ।


संयुक्त राज्य अमेरिकाले रुसलाई बिना कुनै शर्त शत्रुतालाई रोक्न सहमत होस् भन्ने चाहेको अधिकारीहरूले बुधबार बताएका छन् ।


क्रेमलिनले यस साता सहमत भएको अमेरिकी–युक्रेनी प्रस्तावको विवरणको प्रतीक्षा गरिरहेको बताएको छ र विगत तीन वर्षमा दशौँ हजारलाई मृत्युको मुखमा पुयाएको लडाइँ रोक्ने आफ्नो तत्परताको कुनै सङ्केत दिएको छैन ।


राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्षको आक्रमणमा रूसी क्षेत्र कब्जा गर्न लडिरहेका युक्रेनी सेनाहरू विरुद्ध लाभ हासिल गरेका रूसी सेनाहरूको भ्रमण गर्नुभएको थियो ।


युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देश सम्झौता गर्न तयार रहेको बताउनुभयो । पुटिनले सम्झौता गर्न अस्वीकार गरेमा अमेरिकाले ‘कडा’ प्रतिक्रिया दिने सङ्केत दिएको छ ।


“हामी अहिले बोलिरहेकै बेला मानिसहरू रुस गइरहेका छन् र आशा छ कि हामी रुसबाट युद्धविराम प्राप्त गर्न सक्छौँ”, ट्रम्पले आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँगको ओभल अफिस बैठकका क्रममा पत्रकारहरूलाई भने।


ह्वाइट हाउसले गाजा र युक्रेन युद्धका मध्यस्थकर्ता ट्रम्पका दूत स्टिभ विटकोफ यस हप्ता मस्कोमा हुने बताएको छ ।


बुधबार ट्रम्पले पुटिनसँग कुरा गर्ने कि नगर्ने उल्लेख गर्नुभएन तर मस्कोबाट ‘सकारात्मक सन्देश’ आएको भन्दै भन्नुभयो, “मलाई आशा छ कि उहाँले युद्धविराम गर्नुहुनेछ ।”

 

– भयानक रक्तपात –


“यदि लडाइँ रोक्न सकियो भने मलाई लाग्छ यो भयानक रक्तपात अन्त्य गर्ने ८० प्रतिशत बाटो हुनेछ”, ट्रम्पले भने ।


अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनले मस्कोको सहमति बिना कुनै शर्त चाहेको बताए। “यही कुरा हामी जान्न चाहन्छौँ – यदि उनीहरू बिना शर्त यो गर्न तयार छन् भने”, क्यानडामा जी७ बैठकमा जाने विमानमा रुबियो भने, “यदि जवाफमा ‘हो’ भने, त्यसपछि हामीलाई थाहा छ कि हामीले वास्तविक प्रगति गरेका छौँ र शान्तिको वास्तविक सम्भावना छ । यदि उनीहरूको जवाफमा ‘होइन’ भने, यो अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ र यसले उनीहरूको अभिप्राय स्पष्ट पार्नेछ ।”


रूसी समाचार एजेन्सीहरूले पहिले नै सिआइए र रुसको एसभिआर विदेशी गुप्तचर एजेन्सीका प्रमुखहरूले केही वर्षमा पहिलो पटक फोन वार्ता गरेको खबर दिएका थिए ।


रुबियोले क्यानाडाको चार्लोभिक्समा भएको जी७ बैठकमा पहलको बारेमा अपडेट दिने तय थियो ।


फ्रान्स, बेलायत, जर्मनी, इटली र पोल्यान्डका रक्षामन्त्रीहरू पेरिसमा भेला भएर उनीहरूले युक्रेन र कुनै पनि युद्धविरामलाई कसरी समर्थन गर्न सक्छन् भन्ने बारे छलफल गरेका थिए ।

    
युक्रेन प्रस्तावमा क्रेमलिनले तत्काल कुनै टिप्पणी नगरेको बेला रुसी विदेश मन्त्रालयले यस महिनाको सुरुमा अस्थायी युद्धविराम अस्वीकार्य हुने बताएको थियो ।

 

ट्रम्पले रुसले सम्झौता गर्न अस्वीकार गरेमा ‘विनाशकारी’ प्रतिबन्धहरू लाग्न सक्ने बताउनुभयो । “म आर्थिक रूपमा यस्ता कुराहरू गर्न सक्छु जुन रुसका लागि धेरै नराम्रो हुनेछ । म त्यसो गर्न चाहन्न किनभने म शान्ति चाहन्छु”, उनले भने ।


– हामीमध्ये कसैले पनि रूसीहरूलाई विश्वास गर्दैनौँ –

पछिल्लो नाटकीय कूटनीतिक मोड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अमेरिकी सहायताप्रतिको कृतज्ञताको कमीको गुनासो गर्दै उनलाई ह्वाइट हाउसबाट निकालेको दुई हप्ताभन्दा कम समयमा आएको हो ।


ट्रम्पले किएभसँगको सैन्य सहायता र गुप्तचर साझेदारी रोक्नुभयो तर मङ्गलबार युद्धविराम प्रस्तावमा सहमति जनाएपछि त्यो फेरि सुरु भयो ।


ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउसमा फेरि स्वागत गर्न तयार रहेको र यस हप्ता पुटिनसँग कुरा गर्न सक्ने अनुमान गरेको पहिले नै बताएका थिए।


किएभमा जेलेन्स्कीले यदि मस्कोले युद्धविराम स्वीकार गरेन भने संयुक्त राज्य अमेरिकाले त्यसमाथि दबाब दिने बताएका छन् ।


“म बुझ्छु कि हामी कडा कदमहरूमा भरोसा गर्न सक्छौँ । मलाई अझै विवरण थाहा छैन तर हामी प्रतिबन्ध र युक्रेनलाई बलियो बनाउने बारेमा कुरा गरिरहेका छौँ”, जेलेन्स्कीले पत्रकारहरूलाई भन्नुभयो, “सबै कुरा रुसले युद्धविराम र शान्ति चाहन्छ वा मानिसहरूको हत्या जारी राख्न चाहन्छ भन्ने कुरामा निर्भर गर्दछ ।”


उनले युक्रेनीहरूलाई लडाइँ रोकिनेछ भन्ने विश्वास नभएको बताए । “मैले यसलाई धेरै पटक जोड दिएको छु, हामीमध्ये कसैले पनि रुसीहरूलाई विश्वास गर्दैनौँ”, उनले भने ।


युक्रेनले युद्धको मैदानमा बढ्दो पीडा भोगिरहेको छ र देशको पूर्व र दक्षिणमा जमिन गुमाएको छ । त्यहाँँ अधिकारीहरूले बुधबार आठ जनाको मृत्यु भएको बताएका छन् ।


रुसले पनि गत अगस्टमा आश्चर्यजनक आक्रमण गरेका युक्रेनी सैनिकहरूलाई पछि धकेल्दै आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा पुनः भूमि फिर्ता पाएको छ । बुधबार रुसी टेलिभिजनमा पुटिनलाई कुर्स्कमा सेनाले भ्रमण गरेको देखाइएको थियो ।


“म यस तथ्यमा भर पर्दै छु कि हाम्रा एकाइहरूले सामना गर्ने सबै लडाइँ कार्यहरू पूरा हुनेछन् र कुस्र्क क्षेत्रको भूमि चाँडै नै शत्रुबाट पूर्ण रूपमा मुक्त हुनेछ”, पुटिनले भने ।


रुसी स्टाफका प्रमुख जनरल भ्यालेरी गेरासिमोभले चार सय ३० युक्रेनी सैनिकहरूलाई पक्राउ गरिएको बताए । पुटिनले उनीहरूलाई ‘आतङ्कवादी’ भने ।


युक्रेनी सैन्य कमान्डर–इन–चिफ जनरल ओलेक्जेन्डर सिर्स्कीले कुर्स्कमा केही सेना ‘बढी अनुकूल स्थिति’ मा फिर्ता भइरहेको सङ्केत गरे ।


तीन वर्षको युद्धका क्रममा किएभले मस्कोमा सबैभन्दा ठूलो प्रत्यक्ष आक्रमण गरेको दुई दिनपछि रुसले रातभरमा ७७ युक्रेनी ड्रोन खसालेको यसको रक्षा मन्त्रालयले बिहीबार बताएको छ ।


क्षेत्रीय सैन्य प्रशासनका प्रमुख रोमन म्रोचकोका अनुसार बिहीबार बिहान धेरै युक्रेनी धेरै सहरमा पनि आक्रमण भएको थियो र खेरसनमा ४२ वर्षीया महिलाको मृत्यु भएको थियो ।


किएभ र ड्निप्रोपेट्रोभस्कका अधिकारीहरूले पनि आक्रमणको सिकार भएको बताएका छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology