टस हारेर युगान्डाविरुद्ध नेपालले बलिङ गर्दै
Mayorsap
बिही, फागुन २९, २०८१ | १७:५० बजे

काठमाडौँ । वुमेन्स डे महिला टी-२० आई सिरिजमा नेपालले घरेलु टोली युगान्डाविरुद्ध टस जितेको पहिला बलिङ रोजेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल केहीबेर अघि सुरु भएको छ । युगान्डाविरुद्ध यसअघि भएका ५ खेलमा नेपाल २ खेलमा विजयी र ३ खेलमा पराजित भएको थियो ।
नेपाली टोलीमा आज ३ परिवर्तन भएको छ । शनिवार नामिबियाविरुद्ध मैदान उत्रिएका राजमती ऐरी, अलिशाकुमारी यादव तथा रचनाकुमारी चौधरी बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा बिन्दु रावल, ममता चौधरी तथा साना प्रविनले मौका पाएका छन् । सानाको यो राष्ट्रिय टोलीमा डेब्यु खेल हो।
जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् ।
नेपालको प्लेईङ-११
इन्दु बर्मा(क्याप्टेन), बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री, सम्झनाकुमारी खड्का