Ad Image

राजावादी आन्दोलनका क्रममा भाटभटेनी लुटपाट हुनबाट बचाउने सुरक्षागार्ड सम्मानित

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743573998.jpg

काठमाडौं । गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा कोटेश्वस्थित भाटभटेनी लुटपाट हुनबाट बचाउने सुरक्षागार्ड दुलप्रसाद पराजुली सम्मानित भएका छन् । बुधबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुरक्षागार्ड पराजुलीलाई सम्मान गरेका हुन् ।

 

पराजुलीलाई सञ्चालक गुरुङले पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका छन् । साथै उनको पाँच ग्रेड बढुवा समेत गरिएको छ ।

 

भाटभटेनी लुटपाटको क्रममा पराजुलीले लुटेराहरुलाई कुटेर भगाएका थिए । उनले एक्लै लुटेराहरुलाई लाठीले पिट्दै खेदाएको भिडियो अहिले सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ ।

 

भाटभटेनीका अनुसार लुटपाटका क्रममा करिब ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको र ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त भाटभटेनी लुटपाटमा संलग्न ९ जनालाई पक्राउ समेत गरेको छ ।