Ad Image

मकवानपुरको देउडी भञ्जाङबाट लडेर एकको मृत्यु, ७ जना पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743598605.jpg

बागमती । मकवानपुरको बागमती गाउँपालिका–८ स्थित भुवनचुलि देउडी भञ्जाङबाट लडेर आज एक युवकको मृत्यु भएको छ । देउडी भज्याङबाट करिब ५० मिटर मदनभण्डारी लोकमार्गको दायाँ साइडको नालामा  लडेर हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी निवासी ३८ वर्षीय मिलन दङ्गालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

 

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको र घटना शङ्कास्पद देखिएकाले सोधपुछ तथा अनुसन्धानको लागि सात जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।