Ad Image

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक नजाने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743759005.jpg

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक उपस्थित नहुने भएका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले आज दिउँसो ३ बजेका लागि बोलाएको वार्तामा शिक्षकहरुले उपस्थित नहुने निर्णय गरेका हुन् ।

 

शिक्षकहरुले कुनै पनि वार्तामा नजाने अडान राख्दै आएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै बुधबारदेखि देशभरका शिक्षकहरुले काठमाडौंमा अनिश्चितकालिन आन्दोलन गरिरहेका छन् ।

 

यसअघि २०७५, २०७८ र २०८० मा समेत आन्दोलन गरेका शिक्षकहरुलाई सरकारले वार्ता गरेर फार्काएको थियो । वार्तामा भएका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरु फेरि आन्दोलनमा होमिएका छन् । आफूहरुलाई सरकारले वार्ता गर्दै पटक पटक झुक्याएकाले अब कुनै पनि वार्तामा सहभागि नहुने, विद्यालय शिक्षा ऐन लिएर मात्र फर्किने अडानका साथ उनीहरुले आज पनि आन्दोलन गरिरहेका छन् ।